This is an open call for participation from all visual artists such as muralists, street/graffiti artists, folk/traditional artists, and indigenous creative practitioners from Nepal to submit their concept design for the Street Art Project. Artists are encouraged to apply their own interpretation to represent the overall social inclusion and equity theme. The deadline to submit your concept design is Sunday, Nov 13, 2022.
In collaboration with the U.S. Embassy in Kathmandu, Artudio presents the Street Art Project focusing on the theme of social inclusion and equity. By combining cross-cultural exchange, research, workshops, public discourses, and a publication, Artudio intends to wield street art forms to acknowledge, celebrate, promote, inspire, and incite voices of the minority and socially excluded community in Nepal. Artudio also aspires to showcase the creative potential of mural and graffiti art to inspire social change and establish critical public dialogue on key issues of inclusion and equity. To realize this aspiration, Artudio invites Nepali artists to submit their concept designs to be a part of this exciting Street Art project. The project will collaborate with distinguished mural artists from the United States. The project would help promote collaboration and introspection among the Nepali participating artists on the power of art to inspire change in society. The project will also create a platform for underrepresented artists to reach new policymakers on important topics related to inclusion and equity.
For both academic as well as non-academic artists.
Word or pdf file only.
Good quality photo of concept artwork.
Short description of Artwork concept (Description can be written in Nepali language as well)
Max 5 artworks only
Note: All images must be in JPEG or pdf format and documents must be in word or pdf format. The image size must be between 1,200 to 2000 pixels or greater on the longest side. The maximum file size is 5 MB.
Artists will be shortlisted by a panel of jurors in two phases.
Collaboration between community-based art practitioners, local artists, and renowned American artist
Be a part of large-scale mural painting in Kathmandu collaborating with renowned American artists
Travel to a city outside of Kathmandu valley to co-lead workshops and work with local artists to create pop-up murals
Feature their artwork in a publication
Receive stipend and all the needed art supplies for the mural including accommodation and travel
Network and build lasting relationship with Nepali and American artists
अवधारणा डिजाइन पेश गर्नको लागि अन्तिम मिति: आइतवार, २७ कार्तिक, २०७९ तदनुसार नोभेम्बर १३, २०२२ मध्यरातसम्म ।
प्रश्न / सरोकारहरुको लागि: artudiofoundation@gmail.com/ 9823490390 | +977 985-1180088
यो सबै नेपाली भिजुअल कलाकारहरू जस्तै म्युरल कलाकारहरू, स्ट्रीट/ग्राफिटी कलाकारहरू, लोक/परम्परागत कलाकारहरू र नेपालका आदिवासी रचनात्मक अभ्यासकर्ताहरूबाट Street Art Project 2022 को लागि आफ्नो अवधारणा डिजाइन पेश गर्नको लागि खुला आह्वान हो।
कलाकारहरूलाई सामाजिक समावेशीकरण र समानताको समग्र विषयवस्तु प्रतिनिधित्व हुने गरी आफ्नै व्याख्या लागू गर्न प्रोत्साहित गरिन्छ। अवधारणा डिजाइनहरू पेश गर्ने अन्तिम मिति आइतवार, २७ कार्तिक, २०७९ तदनुसार नोभेम्बर १३, २०२२ मध्यरातसम्म छ।
परियोजनाको विवरण
अमेरिकी दूतावास काठमाडौंसँगको सहकार्यमा आर्टुडियोले सामाजिक समावेशीकरण र समानताको विषयवस्तुमा केन्द्रित भित्ते चित्रकला परियोजना २०७९ (Street Art Project 2022) प्रस्तुत गर्दछ। अन्तर-सांस्कृतिक आदानप्रदान, अनुसन्धान, कार्यशाला, सार्वजनिक प्रवचन र प्रकाशन लाई संयोजन गर्दै नेपालका अल्पसंख्यक र स्थानीय अनि सीमान्तकृत आवाजहरू स्वीकार गर्न, सहभागी कलाकारहरू बीच सहकार्य गर्दै कलाको शक्तिलाई उत्सवको रूपमा मनाउन र सांस्कृतिक विविधतालाई प्रवर्द्धन गर्दै समाज परिवर्तनको लागि प्रेरित गर्न, समावेशीकरण र समानताका प्रमुख मुद्दाहरूमा महत्वपूर्ण सार्वजनिक संवाद स्थापना गर्न भित्ते कलाको प्रयोग गर्न चाहन्छ।
आर्टुडियोले उक़्त आकांक्षालाई साकार पार्न नेपाली कलाकारहरूलाई यस रोमाञ्चक भित्ते कला परियोजनाको महत्वपुर्ण हिस्सा बन्न अवधारणा डिजाइन पेश गर्न आमन्त्रित गर्दछ। परियोजनाले नेपाली कलाकार र संयुक्त राज्य अमेरिकाका प्रतिष्ठित भित्ते चित्रकारहरू (Street artists/ Muralists) सँग सहकार्य गर्दै कलाको माध्यमबाट नेपालको जीवन्त बहुसांस्कृतिक समाजलाई प्रदर्शन गर्ने लक्ष्य राखेको छ। साथै समावेशी र समतासँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूमा नयाँ नीति निर्माताहरूसम्म पुग्नको लागि अवसर नपाएका कलाकारहरूको लागि पनि एक मंच सिर्जना गर्नेछ।
कलाकारहरूलाई दुई चरणमा निर्णायकहरूको प्यानलद्वारा सर्टलिस्ट गरिनेछ।
छनौट गरिएका कलाकाररूलाई सूचित गरिनेछ।
क-कसले आवेदन दिन मिल्छ?
• १८-४० वर्ष उमेरका नेपाली कलाकारहरू।
• भित्ते चित्रकलाकार /म्युरल कलाकारहरू।
• स्ट्रीट /ग्राफिटी कलाकारहरू।
• लोक/परम्परागत कलाकार र आदिबासी सृजनात्मक अभ्यासकर्ताहरू (शैक्षिक र गैर-शैक्षिक दुवै)
कसरी आवेदन दिने?
• अपडेट गरिएको CV अपलोड गर्नुहोस् (यहाँ भएको गुगल फारम भर्नुहोला)
• अवधारणा चित्रको फोटो खिचेर अप्लोड गर्नुहोला। फोटोको फाइलको आकार 1,200 देखि 2000 पिक्सेल बीच हुनुपर्नेछ। अधिकतम फाइल आकार 5 MB सम्मको पठाउन सकिन्छ ।
• कला अवधारणा, दृष्टिकोण र प्रक्रियाको सन्दर्भमा विवरण सहित (विवरण नेपाली भाषामा पनि लेख्न सकिन्छ)टाइप गरेर वा लेखेर पठाउन सकिन्छ।
•अघिका कुनै कला कृतिहरु छन् भने उपलब्ध गराउन सक्नुहुनेछ। चित्रको फोटो पठाउनु होला। अधिकतम ५ ओटा मात्र। अधिकतम फाइल आकार 2 MB सम्मको पठाउन सकिन्छ ।
छनोट भएका कलाकारले के पाउँनेछन् ?
•समुदायमा आधारित कला अभ्यासकर्ताहरु, स्थानीय कलाकारहरू र प्रसिद्ध अमेरिकी कलाकारहरू बीचको सहकार्य गर्न।
•कला कार्यशालाको सह-नेतृत्व गर्न र स्थानीय कलाकारहरूसँग पप-अप भित्ते चित्रहरू सिर्जना गर्न ।
• प्रख्यात अमेरिकी कलाकारहरूसँग सहकार्य गर्दै काठमाडौंमा भित्ते चित्रकलाको सृजना गर्न।
• कलाकृति प्रकाशन तथा प्रबर्धन ।
• आवास र यात्रा, सम्पूर्ण आवश्यक कला सामाग्रीहरु तथा कलाकारको लागि स्टाइपीन्ड को ब्यवस्था हुनेछ ।
• नेपाली र अमेरिकी कलाकारहरूसँग दिगो सम्बन्ध निर्माण गर्ने अवसर।
क्युरेटर : कैलाश के श्रेष्ठ
artudiofoundation@gmail.com
9823490390 | 9851180088
www.artudio.net